Advertisement

मैत्रीपूर्ण खेलमा मेस्सीको पाँच गोल

0 117

Advertisement

२३ जेठ, एजेन्सी । कप्तान लियोनेल मेस्सी एक्लैले पाँच गोल गरेपछि एस्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जीत हासिल गरेको छ । केही दिन अघिमात्र युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीचको फाइनालिस्मामा इटालीलाई ३-० ले हराएको अर्जेन्टिनाले आफ्नो उत्कृष्ट फर्मलाई जारी राखेको हो ।

आइतबार राति भएको खेलमा मेस्सीले खेलको सुरुवातमा पेनाल्टीबाट अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यमा उनले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा तीन गोल थप्दै टोलीलाई सहज जीत दिलाए । ३४ वर्षीय खेलाडीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको पहिलो पटक हो । यसअघि बार्सिलोनाका लागि उनले बायर लेभरक्युजनविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।

योसँगै अन्तर्राष्ट्रिय खेलमा मेस्सीको गोल सङ्ख्या ८४ पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा रहेका छन् । शीर्ष स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनको ११७ गोल रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.