Advertisement

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत !

0 117

Advertisement

१९ जेठ, काठमाडौँ । पछिल्लो समय लगातार मूल्य बढिरहे पनि नेपाल आयल निगमको घाटा झन् बढ्दै गएको छ । इन्डियन आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्यमा नेपाल आयल निगमको घाटा थप बढेको हो । जसको कारण रुस र युक्रेनबीचको युद्ध कारक मानिएको छ । नयाँ मूल्य अनुसार निगमको मासिक घाटा ६ अर्ब १५ करोड पुग्ने अनुमान गरिएको छ।

आइओसीको मूल्य सूचिअनुसार पेट्रोलमा ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजल लिटरमा ७ रुपैयाँ घटेर आएको छ । यस्तै ग्यासको एक सिलिण्डरमा २२ रुपैयाँ घटेको छ। आइओसीले मुल्य बढाएर पठाएपछि नेपाल आयल निगमले पनि मूल्य समायोजन गर्दा पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत देखिएको छ ।

आइओसीको मूल्य सूचिलाई आधार मानेर नेपाल आयग निगमले पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड रुपैयाँ घाटा रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तै एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमको भनाई छ ।

अहिले पेट्रोलियम पदार्थको मूल्य यथावत छ । तर यही मूल्यले असारसम्म ६० अर्ब घाटा हुने प्रक्षेपण गर्दै निगमले तत्कालै मुल्य बढाउने संकेत दिएको छ । जसको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो विज्ञप्तिले केही दिनमा निगमले फेरि मूल्य समायोजनका नाममा पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाउने सम्भावना बढाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.