Advertisement

कोरोना पछि बिश्वभर फैलिदै गरेको रोग मंकीपक्सको लक्षणहरु यस्ता छन् , यति गरे सजिलै बच्न सकिन्छ

0 168

Advertisement

१५ जेठ, काठमाडौं । कोरोनाको संक्रमणबाट बिश्व जगत मुक्त हुन लागिरहेका बेला अहिले फेरी नयाँ रोग मंकिपक्स देखिएको छ । बिश्वभर यसको संक्रमण फैलिरहेकाले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरिसकेको छ । यो रोग बिफर रोग जस्तै रहेको बिज्ञहरुको भनाई छ । अहिले सम्ममा बिश्वका बिभिन्न २० देशमा फैलिसकेको छ ।

लक्षण तथा मृत्युदर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता समस्या देखापर्ने गरेका छन् । उनले यो संक्रमण अधिकांश बालबालिकाहरूमा देखापर्ने भएको जानकारी दिदै बालबालिकाको स्वास्थ्यमा बिशेष ख्याल गर्न आग्रह गरे । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको छ । मंकिपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैं हराएर जानसक्ने भएकाले डराउन आवश्यक छैन । मंकीपक्स भएको तीनदेखि ४ सातासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको अधिकारीले जानकारी दिए ।

बच्ने उपाय

मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए ।उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए ।

उत्पत्ति

मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घना जंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसहरूमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातीका जनावरहरूमा यसको भाइरस बढी रहने गरेको छ । ती जनावरहरूको शरीरबाट निस्किएका थुकका छिटाहरू, (याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरूको मासु प्रयोग गर्ने मानिसहरूमा यो संक्रमण हुनसक्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.