Advertisement

सरकारले लगायो गाडी, मोबाइल, टिभीदेखि मदिरासम्मको दर्जन वस्तु आयातमा पूर्ण रोक

0 347

Advertisement

१४ बैशाख, काठमाडौं मुलुकको व्यापार घाटा उच्च दरले बढेर विदेशी मुद्राको सञ्चितिमा निरन्तर दबाब परेपछि सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको छ । जसमा सबै प्रकारका तयारी मदिरादेखि निजी सवारी साधनहरु मोटरसाइकल, गाडी, हिरा, मोबाइल, टेलिभिजन, चुरोट तथा सुर्तीजन्य, तास, खेलौना र कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरुको आयातमा सरकारले प्रतिबन्ध लगाएको हो ।

उच्च दरले बढ्दै गएको आयातका कारण सरकारले राजपत्रमा नै सूचना प्रकाशित गरेर विलासी उपभोग्य सामानको आयातमा पूर्ण रुपमा कडाई गरेको हो । नेपाल राष्ट्र बैंकले यसअघि विभिन्न चरणमा वाणिज्य बैंकहरुलाई मौखिक निर्देशन दिएर अत्यावश्यक बाहेको वस्तुको आयातमा खुला गरिने प्रतीतपत्र नखोल्न निर्देशन दिएको थियो ।

व्यापार घाटा उच्च दरले बढेर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेपछि यसअघि केन्द्रीय बैंकले ४७ वटा समूहभित्रका ३०० वस्तुको आयात बैंक मार्फत बन्द गराएको थियो । तर सो कदमले पनि विलासी वस्तुहरुको आयात नघटेपछि सरकारले औपचारिक रुपमा बन्देज लगाएको हो । चैत मसान्तसम्म नेपालको कुल वैदेशिक ब्यापार १६ खर्ब २७ अर्ब नाघेको छ भने ब्यापारघाटा १३ खर्ब ६ अर्बभन्दा धेरै छ ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार पैठारीमा बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले पैठारी गर्न बाधा नपर्ने उल्लेख छ । साथै वैशाख १३ गतेभन्दा अघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयले जनाएको छ ।

यी हुन् आयात बन्द गरिएका वस्तुहरुः-

१. कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक)

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५. मोबाइल सेट

६. रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक)

८. २५० सीसीभन्दा माथिका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.