Advertisement

याे बर्षकाे पहिलो सूर्य ग्रहण आउँदो १७ गते शनिबार लाग्दैछ, ग्रहणकालमा के गर्ने ? के नगर्ने ?

0 475

Advertisement

०८ बैशाख, काठमाडौं । सूर्य ग्रहण एक यस्तो संयोग हो जो विज्ञानसहित धर्म र ज्योतिषसम्म अत्यन्त महत्वपुर्ण मानिन्छ । २०७९ को पहिलो सूर्य ग्रहण आउँदो १७ गते शनिबार लाग्नेछ । साथै यस दिन शनीचरी औंसी समेत परेको छ । जसका कारण यस ग्रहणको महत्व झन् बढेको छ ।

बैशाख १७ गते शनिबार लाग्ने सूर्यग्रहण आंशिक सूर्य ग्रहण हुनेछ । यसको सूतक काल मान्य हुने छैन । तर केहि सावधानी भने अपनाउनु पर्नेछ । अन्यथा जीवनमा असर पर्न सक्ने धार्मीक मान्यता छ । यो ग्रहण १७ गते मध्यरात्रि १२ : ३० बजे शुरू भएर बिहान ०४ बजेर २३ मिनेटसम्म रहनेछ । अर्थात यो ग्रहणकालमा नेपालमा रात रहने छ भने विदेशबाट मात्र यो ग्रहण देखिने छ ।

ग्रहणका क्रममा के गर्ने के नगर्ने ?

– खाना, पानी आदीमा तुलसीको पात नहाल्ने अर्थात ग्रहणको नकारात्मक असर नपरोस् ।

– घरको मन्दिर ढाकेर राख्ने ।

– ग्रहणको समय भगवानको आराधना गर्ने ।

– ग्रहण पश्चात नुहाउने र अनिवार्य दान गर्ने ।

– दान गर्दा सफाइ कर्मचारीलाई प्राथमिकता दिने ।

– ग्रहणकालमा नकारात्मक ऊर्जा बढ्ने भएकाले कुनै पनि शुभ कार्य नगर्ने ।

– ग्रहणकालमा सियोमा धागो नउन्ने ।

– सूर्य ग्रहणको अवधीभरी खाना नपकाउने साथै तरकारी काट्ने वा नचुड्ने ।

– विशेषगरी गर्भवती महिलाले चक्कू, कैँची जस्ता धारीला चीजको प्रयोग नगर्ने ।

– ग्रहणकालमा यात्रा गर्नबाट बच्ने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.