Advertisement

तालमेलले कांगेसमा चर्को असन्तुष्टि, बालुवाटारमा तालमेल स्थानीय तहमा भद्रगोल

0 179

Advertisement

०८ बैशाख, काठमाडौं । सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपाली कांग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ ।

तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरुको आज बसको बैठकले भागवण्डा टुंगो लगाएको हो । गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर लिएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ भने ललितपुर महानगरपालिकामा उपमेयर उसको भागमा परेको छ ।

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले वीरगंज महानगरपालिका र विराटनगरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ ।

उपमहानगरमा कांग्रेसले इटहरी, धरान, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पाउने सहमति भएको छ भने माओवादीले जितपुर सिमरा र घोराहीको प्रमुख पाएको छ । एकीकृत समाजवादीले हेटौंडा पाउँदा जसपाले जनकपुर पाएको छ ।

दलहरुबीच केन्द्रमा भागवण्डा टुंगो लाग्दा स्थानीय स्तरमा बिरोध भइरहेको छ भने नेताहरुले असन्तुष्टि जनाएका छन् ।

जनकपुर र वीरगञ्ज जसपालाई दिने निर्णय भएसँगै त्यहाँ कांग्रेस कार्यक्ताहरु क्रुद्ध भएका छन् ।

कांग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले यो निर्णय स्वीकार नगर्ने चेतावनी दिए । निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी नेता कार्यकर्ताले दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गठबन्धनले गरेको छ तर स्थानीय कांग्रेस नेता कार्यकर्ता सन्तुष्ट छैनन् । बुधबार दिउँसै उनीहरुले विज्ञप्ति निकालेर एकीकृत समाजवादीलाई दिए एक्लै प्रतिस्पर्धा गर्ने चेतावनी दिएका थिए ।

सत्ता गठबन्धनको छलफलमा अड्चन पैदा गरेको कास्कीको पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । तर कांग्रेस कार्यकर्ताहरु सन्तुष्ट छैनन् । स्थानीय तहमा एकीकृत समाजवादीको जनाधार नभएको भन्दै कांग्रेसले आफूले पाएमात्र चुनाव जित्न सकिने दाबी गर्दै आएको छ । केन्द्रमा गठबन्धन बनेसँगै पोखरा महानगर समितिले कास्की कांग्रेसको कार्यालयमा तालाबन्दी गरेको छ ।

कांग्रेसमा मात्र होइन गठबन्धनका अन्य दलका नेता कार्यकर्ताले समेत भागबण्डामा असन्तुष्टि व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष नेताबीचको सहमति नमान्ने चेतावनी दिएको छ । जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने सहमति बालुवाटारमा भएपछि जसपा नेताहरु आक्रोशित बनेका हुन् । उनीहरुले उक्त निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.