Advertisement

पैसा कमाउन होइन, मानव भविष्य जोगाउन ट्विटर किन्न चाहन्छु : एलन मस्क

0 306

Advertisement

०५ चैत, एजेन्सी । हालै सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठुलो सेयरहोल्डर बनेर चर्चामा आएका विश्वकै सबैभन्दा धनी व्यक्ति टेस्लाका मालिक एलन मस्कले यो निर्णय पछाडिको आफ्नो उद्देश्य पैसा कमाउनु नभएको बताएका छन् ।

मस्कले ट्विटरको ९.२ प्रतिशत सेयर खरिद गर्नासाथ कम्पनीको मूल्य ८.५ अर्बले बढेको थियो । यस खबरले ट्विटर प्रयोगकर्ताहरूलाई अधिक उत्साहित बनाएको थियो भने उता लगानीकर्ता र अन्य सेयरहोल्डर चाहिँ चिन्ता जनाइरहेका थिए ।

यसअघि आफ्नो पोस्टमा उनले ‘ट्विटरमा एडिट बटन’ राख्ने सम्बन्धी पोल राखेका थिए । जसपछि उनी छिटै ट्विटरको बोर्डमा समावेश भई विभिन्न नयाँ परिवर्तन ल्याउने अनुमान गरिएको थियो । तर, अप्रत्याशित रूपमा मस्कले आफू ट्विटरको बोर्डमा समावेश नहुने घोषणा गरे ।

अहिले भने मस्कले ४० अर्बमा ट्विटरलाई पूर्ण रूपमा खरिद गर्ने प्रस्ताव गर्दै फेरि चर्चामा आएका छन् । तर उनको यो प्रस्तावलाई विवादास्पद मानिएको छ । जसपछि उनले स्पष्टीकरण दिँदै भनेका छन्, “यो मेरो पैसा कमाउने तरिका होइन । अत्याधिक भरपर्दो र व्यापक रूपमा समावेशी सामाजिक सञ्जाल प्लेटर्फ, पछि गएर मानव सभ्यताको भविष्यका लागि अति महत्वपूर्ण हुनेछ भन्ने मेरो दृढ विश्वासका कारण यसमा संलग्न हुन चाहेको हुँ ।”

ट्विटरको सेयर खरिद गर्नु अगाडि मस्कले धेरैपटक यसमा स्वतन्त्र बोलीको अधिकार राम्ररी पालन नगरिएको गुनासो गरेका थिए । उनकाअनुसार कुनै ट्विटर विवादास्पद छ भने त्यसलाई ट्विटरले प्रचार गर्नुहुँदैन । तर पनि कसैको पोस्ट डिलिट नै गरिदिने वा स्थायी रूपमा प्रतिबन्ध नै लगाइदिनु चाहिँ उचित होइन ।

तर आफूले ट्विटर कम्पनी खरिद गरेपनि कतिपय गल्तीहरू तत्कालै सच्चिने अवस्था नरहेको उनले स्पष्ट पारे ।

उनले भने, “मानिसहरूले अहिलेदेखि नै सबै कुराका लागि मलाई दोष दिइरहेका छन् । र, यदि मैले ट्विटर साँच्चै खरिद गरेँ र केही नराम्रो भयो भने अवश्य त्यो झन मेरै गल्ती हुने छ ।”

त्यस्तै ट्विटर खरिद गर्न असफल भएमा उनको अर्को विकल्प के छ भन्ने प्रश्न गर्दा चाहिँ उनले आफूसँग विभिन्न योजना भएको तर यसका लागि अझै अर्को समय पर्खिनुपर्ने बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.