Advertisement

गठबन्धनबाट टाढिदै नेपाल, गठबन्धनन छाड्ने चेतावनी

0 158

Advertisement

०५ चैत, काठमाडाैं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए । सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलबारेमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.