Advertisement

नेपाल र अर्जेन्टिनाबीच फुटबल खेलाउन राजदूतले सहमति जनाए

0 164

Advertisement

३० चैत, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री अथकसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री अथक र राजदूत गोवीबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो ।

भेटकै क्रममा मन्त्री अथकले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल लागि गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमति जनाएका थिए ।

मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझैं प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री अथकले राजदूत गोवीमार्फत् अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.