Advertisement

अक्षरभन्दा तस्वीरले धेरै बोल्नेः मन्त्री भुसाल

0 170

Advertisement

२४ चैत, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अक्षरभन्दा तस्वीरले नै धेरै बोल्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी आज अवलोकन गर्दै उहाँले अक्षरले एउटा कोणबाट मनन गर्ने विषयलाई तस्वीरले धेरै कोणबाट व्याख्या र विश्लेषण गर्ने बताउनुभएको हो ।

चैत २२ देखि सुरु भएको प्रदर्शनीमा विशेषगरी मध्यपुरथिमि र भक्तपुर नगरपालिकामा मनाइने ऐतिहासिक बिस्का जात्राको पृष्ठभूमिलाई केन्द्रबिन्दुमा राखेर सङ्कलन गरिएका तस्वीर रहेको चर्चा गर्दै मन्त्री भुसालले यसबाट सम्पदा र संस्कृतिको संरक्षण र पुस्तान्तरणमा परम्पराको जगेर्ना हुने बताउनुभयो ।

प्रदर्शनीमा १०० भन्दा धेरै फोटो राखिएका छन् । ती फोटाले नेवार समुदायको कला र सांस्कृतिक सिर्जनामा शिल्प भरेको छ । नेवार जातिले मनाउने विभिन्न भोजभतेर र चाडपर्वमा बजाइने थरिथरिका नृत्य एवं बाजा, विभिन्न समयमा पूजा गरिने देवी तथा देवताको महिमालाई तस्वीरका माध्यमबाट सजिलै बुझ्न सकिन्छ ।यसअघि फोटो पत्रकार श्रेष्ठले देश भित्र र बाहिरसमेत देशका विभिन्न स्थानमा सयम–समयमा भएका घटना, परिवेश र संस्कृतिका एकल फोटो प्रदर्शनी गरिसक्नुभएकोे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.