Advertisement

चिनियाँ विदेश मन्त्री वाङ आज नेपाल आउँदै

0 223

Advertisement

११ चैत, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा उनी आज नेपाल आइपुग्दै छन् ।

एमसीसी अनुमोदन भएको महिनादिन भित्रै स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आइतबारसम्म नेपाल भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.