Advertisement

सलमान खानसँग मराठी, हिन्दी र अंग्रेजीमा संवाद गर्दै पर्यटनमन्त्री आले

0 255

Advertisement

०९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच आज भर्चुअल संवाद हुँदैछ । आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टु र पर्यटन प्रवर्द्धनबारे छलफल गर्न आज भिडियो संवाद हुन लागेको हो । यसअघि सोमबारका लागि तयभएको पूर्वनिर्धारित कार्यक्रम सलमानको स्वास्थ्य अवस्थाको कारण देखाउँदै रद्द भएको थियो ।

ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा पर्यटनमन्त्री आलेले सलमानसँग मराठी, हिन्दी र अंग्रेजी भाषामा भर्चुअल संवाद गर्ने जनाएका छन् । ओडिसीका प्रवन्ध निर्देश सिमान्त गुरुङका अनुसार अहिले सलमान दुई दिन नेपालमा रहने तय भए पनि थप एक दिन समय थप्न प्रयास जारी रहेको छ ।

यसअघि सोमबारका लागि तय भएको भिडियो संवाद कार्यक्रम आयोजकले नेपालबाट पैसा नहालेका कारण स्थगित भएको चर्चा बाहिरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.