Advertisement

सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो, चाँदीको भाउमा पनि गिरावट

0 231

Advertisement

३० फागुन, काठमाडाैँ । सुनको भाउमा साताको दोस्रो दिन सोमबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबारको तुलनामा सुनको भाउ ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

आजका लागि छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबारको तुलनामा चाँदी भाउ सोमबार तोलामा १० रुपैयाँले घटेको हो । सोमबार चाँदीको भाउ तोलाको १ हजार ४१५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैयाँ तोकिएको छ ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७७ डलर तथा चाँदी प्रतिऔंस २५.७३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.