Advertisement

सकियो ‘ए’ डिभिजन लिग
च्याम्पियन मछिन्द्र क्लब अपराजित, मनाङलाई रोक्दै आर्मी लिगको उपविजेता

0 248

Advertisement

१५ फागुन, काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार भएको लिगको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ ले हरायो । मच्छिन्द्र क्लब नेपालको लिग फुटबलको इतिहासमा अपराजित रहेर लिग जित्ने पाँचौं टोली बन्यो ।

यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले अपराजित रहेर लिग जितेका थिए । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि कार्यबाहक कप्तान अभिषेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका लागि प्रदीप लामाले बराबरी गोल फर्काए । यसपटक उपाधि जित्दा मछिन्द्रले लगातार ११ खेलमा कुनै गोल खाएन ।

शनिबार भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबसंग १–१ गोलको बराबरी खेल्दै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा लिग सकाउन सफल बन्यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३–१ ले हराएर तेस्रो भयो । मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.