Advertisement

रुसको सामना गर्न युक्रेनले आफ्ना नागरिकलाई हतियार बाँड्यो

0 240

Advertisement

१५ फागुन, बीबीसी । रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् ।

रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २ सय जनाको मृत्यु भइसकेको र एक हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै राजधानी किभवासीलाई हतियार उपलब्ध गराएको छ । युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ ।

रुसी सेना युक्रेनमा आक्रमण गरेको दोस्रो दिनमै राजधानी किभ नजिकै पुगेका थिए । अहिले राजधानी किभ नजिकका क्षेत्रमा भिषण संघर्ष जारी छ । राजधानी किभमा मेयरले कर्फ्यु जारी गरेका छन् ।

रुसी सेनाले युक्रेनका दोनेत्स्क, लुहान्स्क, मरिउपोल, खार्किभसहित राजधानी किभ नजिकका अधिकांश क्षेत्र कब्जामा लिइसकेको बीबीसीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.