सिप सिकौ आत्मनिर्भर बनौ, ३ महिने सिलाई काटाई तलिम उद्घाघटन कार्यक्रम
श्यामल कुमार गिरी
१४ माघ, बारा । करैयामाईमा “सिप सिकौ आत्मनिर्भर बनौ” मुल नाराका साथ करैयामाई गाउँपालिका वार्ड नं, ७ बारामा २७ जना महिलाहरुलाई ३ महिने सिलाई काटाइ तलिमको उद्घाघटन भएको छ।
देशको आदी जनसंख्या ओगटेको महिला पुरुष भन्दा कम छैन त्यसको परिणाम स्वरूप देशका पहिलो ब्यक्तिको रुपमा राष्ट्रपतीलाई लिन सकिन्छ घर र देश चलाउन महिलालाइ आत्मनिर्भर बन्न जरुरी छ ।
करैयामाइ पालिकाको महिला कोहि पालिका भन्दा कम छैन यो पालिकाको महिलालाइ आत्मनिर्भर बनाउनको लागि नै यो सानो सिलाइ कटाइ तालिम को आयोजना गरिएको छ जो सिपले आफनो कार्य गर्दा गर्दै आफनो दैनिकी जिवनमा टेवा पुर्याउने र सिपले जीवन परिबर्तन गर्न सकिने करैयामाइ गाउँ पालिका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष चित्रलेखा चौधरीले डिजिटल खबरलाई बताईन ।
उक्त सिलाइ कटाई उद्घाटन कार्यक्रमको प्रमुख अतिथी करैयामाइ गाउँ पालिका प्रशासकीय अधिकृत उदय शंकर चौधरीले गरेका थिए भने प्रशिक्षक तारा कुमारी शार्मा गर्दै छिन।
उक्त कार्यक्रममा सहभागी नेपाली काङ्गेसका गा पा साभापती मुखतार महमद अंशारी, बिजय चौधरी , लगाएत बुद्धिजीवी, महिलाहरुको उपस्थिति थियो ।मानव कल्याण जिल्ला समिति देवताल ४ बारा ले आयोजना गरेको कार्यक्रमलाई सहयोग करैयामाइ गाउँ पालिकाको रहेकोछ।