Advertisement

राष्ट्रिय सभा निर्वाचन : आज मध्यरातदेखि मौन अवधि, विद्युतीय माध्यमबाट पनि प्रचार गर्न नपाइने

0 499

Advertisement

०९ माघ, काठमाडाैँ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि सुरु हुँदैछ। मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्नेलगायतका आचारसहिता पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपर राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउन निर्देशन दिइएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए। एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने उनले बताए।

मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको उनले बताए। निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ।

कोभिड महामारीको अवस्था रहेकाले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन आग्रह गरिएको उनले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.