Advertisement

मध्यमर्स्याङदीमा विद्युत् उत्पादन आधा घट्यो, दैनिक ३५ देखि ३८ मेगावाट

0 466

Advertisement

०९ माघ, लमजुङ । नेपालकै ठूलो मध्येको एक लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत मात्र उत्पादन भएको हो । गतवर्ष यस समय औसतमा ३५ देखि ३७ मेगावाटसम्म विद्युत उत्पादन हुने गरेकोमा यसबर्ष भने केही बढी हो । केन्द्रका इलेक्ट्रिक इन्जिनियर विपिन सिलवालका अनुसार केन्द्रबाट माघ ७ गते शुक्रबार औसत उत्पादन ३५ दशमलव २४ मेगावाट छ ।

कुल आठ सय ४५ दशमलव ७५ मेगावाट आवर विद्युत उत्पादन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘हिउँ पग्लिएको छैन । मर्स्याङदी नदीमा पानीको बहाव कम छ । पुसबाट विद्युत उत्पादन घट्न थालेको छ । अब हिउँ पग्लिन थालेपछि फागुनबाट बढ्दै जान्छ ।’
गत वर्षतिर पुस महिनाको समय ३५ देखि ३७ मेगावाट मात्रै विद्युत उत्पादन हुन्थ्यो ।

यसवर्ष केही बढी उत्पादन भएको छ । पुस महिनामा कुल ३३ हजार दुुई सय २६ दशमलव सात मेगावाट आवर विद्युत उत्पादन भएको देखिन्छ । यसवर्षको पुस महिनामा केन्द्र सञ्चालन देखिकै धेरै विद्युत उत्पादन भएको हो । उक्त महिना औसत उत्पादन ४६ मेगावाट सम्म थियो ।

केन्द्रका अनुसार साँझ र विहानको पीक आवरमा भने पूर्ण क्षमतामा ७० मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । हिउँदमा बिहान ६ देखि १० बजे र साँझ ६ बजेदेखि १० बजेको बीचमा पूरा उत्पादन हुने गर्छ । पानी पर्ने र हिउँ पग्लिने समयदेखि विद्युत उत्पादन बढ्ने केन्द्रले जनाएको छ । उक्त परियोजनामा ३५-३५ मेगावाटको दुुई वटा फ्रान्सिस टर्बाइन छ ।

जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत लगानीमा मध्यमर्स्याङदी जलविद्युत परियोजना निर्माण गरिएको हो । सुरुमा चार वर्ष लगाएर १३ अर्ब रुपियाँ बढी लगानीमा सम्पन्न गर्ने भनिए पनि परियोजनाको निर्माणकार्य आठ वर्षमा पूरा भएको थियो । ३० अर्ब रुपियाँ बढी खर्च गरेर निर्माण गरिएको मध्यमर्स्याङदी जलविद्युत परियोजना लगानीका हिसाबले नेपालको सवैभन्दा महँगो जलविद्युत परियोजना मानिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.