Advertisement

जापानले रुससँग ऊर्जालगायतका क्षेत्रमा बृहत् सम्बन्ध विकास गर्ने : जापानी प्रधानमन्त्री

0 154

Advertisement

०३ माघ, टोकियो [जापान] । जापानी सरकारले क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धि गर्न एवं मस्कोसँग ऊर्जा क्षेत्रमा सहयोग सहितको सम्बन्धलाई व्यापक रूपमा विकास गर्न रुससँग वार्ता जारी राख्न चाहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार बताउँनुभएको छ ।

संसद्को तल्लो सदनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले राष्ट्रिय हित पूरा गर्न जापान र रुसबीच ऊर्जा लगायतका सम्बन्धलाई बृहत्तर रूपमा विकास गर्ने हाम्रो योजना रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले टोकियोले “क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धिमा हस्ताक्षर गर्न सन् २०१८ लगायतका पहिले नै अवस्थित सम्झौताहरूको आधारमा रुससँग वार्ता जारी राख्नेछ” बताउँनुभएको छ ।

दोस्रो विश्वयुद्धपछि स्थायी शान्ति सन्धिमा हस्ताक्षर नगरेपछि रुस र जापानबीचको सम्बन्ध लामो समयदेखि जटिल रहेको छ। मुख्य जटिलता भनेको चारवटा टापुहरू – इटुरुप, कुनाशिर, शिकोटान र हाबोमाई मा केन्द्रित छ ।

ती क्षेत्रलाई रुसले कुरिल र जापानले उत्तरी क्षेत्र भनेर बुझ्ने गरेका छन् । सन् २०१८ मा जापान र रुसले सन् १९५६ को जापानी-सोभियत संयुक्त घोषणाको आधारमा शान्ति सन्धिमा वार्तालाई गति दिन सहमत भएका थिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.