Advertisement

नेपाल प्रहरीद्वारा माक्स वितरण

0 200

Advertisement

०३ माघ, काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई माक्स वितरण गरेको छ । प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई ?’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई माक्स वितरण गरेको हो ।

कोरोनाबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको थियो ।

गत वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क माक्स वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समचार कक्षले जनाएको छ ।

माक्स वितरण अभियानबाहेक प्रहरीले देशभर सञ्चालन गरेको माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ६५ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १३ हजार २९ लाई सचेत गराएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.