Advertisement

आसन्न निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगमा आज सर्वदलीय बैठक बस्दै

0 173

Advertisement

३० पुस, काठमाडाैँ । राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ। स्थानीय चुनावबारे दलहरुसँग छलफलका लागि आज (शुक्रबार) बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। ‘स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक डाकेका हौं,’ उनले भने, ‘बैठक साढे ११ बजे बैठक बस्दैछ।’

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ दललाई निमन्त्रणा गरिएको आयोगको भनाइ छ। निर्वाचन आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ।

अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ।

त्यस्तै स्थानीय तहको निर्वानको मिति तय गर्ने विषयमा पनि छलफल हुनेछ। निर्वाचन आयोगले गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो। तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन।

सरकारले निर्वाचनको मितिका बारेमा निर्णय गरेमा निर्वाचन आयोगले थप आवश्यक तयारी अघि बढाउने जानकारी गराइसकेको छ। पाँच दलीय गठबन्धनको सरकारमा निर्वाचनका विषयमा आवश्यक छलफल अहिलेसम्म हुन सकेको छैन। यसअघि २०७४ वैशाख र असार गरेर दुई चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.