Advertisement

दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

0 273

Advertisement

२७ पुस, चरिकोट । नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित हुनुभयो ।

जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्रप्त गर्नुभएको थियो भने दुललाले २८४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ लिदै अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैतडीमा पाल

यसैगरी बैतडीमा पुनः सुरेन्द्र पाल अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । पाटनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली निर्वाचित हुनुभयो । अध्यक्ष पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी पनि गठन गरिएको छ ।

ताप्लेजुङमा थेबे

पार्टीको ताप्लेजुङ जिल्ला समितिको अध्यक्षमा भुपेन्द्र थेबेले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै विजयी हुनुभएको छ । जम्मा ६३५ मतमध्ये थेबेले ३२९ मत प्राप्त गर्नुभएको थियो भने साम्सोहाङले २७३ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा केसरकुमार मेन्याङबो तथा उपसचिवद्वयमा मणि पोमु र दीपेन पोमुले विजयी हुनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.