सर्लाहीका सीडीओ र एसपीलाई कोरोना संक्रमण
२७ पुस, सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरुले पीसीआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलंगवामा स्वाब परीक्षण गराएका थिए।
सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बसेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।