Advertisement

२० वर्षअघि इटलीको जेलबाट भागेका माफिया सरदार गुगल म्याप्समा देखा परेपछि स्पेनमा पक्राउ

0 139

Advertisement

२२ पुस, बीबीसी । एउटा किराना पसलअघि उनी उभिएको तस्बिर फेला परेपछि प्रहरीले २० वर्षअघि जेलबाट भागेका माफिया नाइकेलाई पक्राउ गरेको हो । दुई दशकदेखि फरार रहेका इटलीका एक माफिया सरदार गुगल म्याप्समा देखिएपछि पक्राउ परेका छन्।

एकसट्ठी वर्षीय जोआकिनो गामिनो स्पेनको गालापगारमा फेला परेका हुन्। त्यहाँ उनी मानूएल नाम राखेर छद्म भेषमा बसेका थिए।अनुसन्धानकर्ताहरूका अनुसार उनलाई पत्ता लगाउने मुख्य भूमिका गुगल स्ट्रीट भ्यूको छ।

गुगल स्ट्रीट भ्यूमा गामिनोजस्तै देखिने मान्छे एउटा किराना पसलअघि उभिएको देखा परेपछि त्यसैको सहयोगमा उनी पक्राउ परेका हुन्। उनी रोम जेलबाट सन् २००२ मा भागेका थिए।

उनलाई एउटा हत्यामा दोषी पाइएको थियो र उक्त हत्या भएको एक वर्षपछि आजीवन कारावासको सजाय सुनाइएको थियो।उनी सिसिलीको ‘स्टिद्दा’ नामक माफियासँग आबद्ध थिए। उनी इटलीमा सर्वाधिक खोजिएका अपराधीमध्ये पर्थे।

सिसिली प्रहरीले गामिनो स्पेनमा रहेको विश्वास गरेको थियो। तर मानुज् गार्डेनबाहिर एक व्यक्तिसँग उनले कुरा गर्दै गरेको एउटा तस्बिर हात परेपछि प्रहरीले तुरुन्तै अनुसन्धान सुरु गरेको थियो।

अहिले बन्द भइसकेको एउटा रेस्टुराँ कोकिना डे मानुको फेसबुक पेज पत्ता लागेपछि प्रहरीले उनको पहिचान सुनिश्चित गरेको थियो। उक्त रेस्टुराँ र उक्त पसल नजिकै थिए।

उक्त रेस्टुराँले गामिनोले शेफको पोसाक लगाएको एउटा तस्बिर पोस्ट गरेको थियो। उनलाई उनको चिउँडोमा भएको खतका आधारमा चिनिएको थियो।

उक्त रेस्टुराँमा सिसिलीमा प्रचलित खानेकुरा बेचिन्थ्यो।उनी गत डिसेम्बर १७ मा पक्राउ परेका थिए। तर ला रिपब्लिकाले बुधवार मात्र त्यसबारे खबर सार्वजनिक गरेको थियो।

पक्राउ परेपछि उनले प्रहरीलाई बारम्बार “मलाई कसरी भेट्यौँ? मैले १० वर्षदेखि परिवारलाई पनि फोन गरेको छैन” भनेका थिए। गामिनोलाई अहिले स्पेनमा हिरासतमा राखिएको छ।

उनलाई फेब्रुअरीको अन्त्यसम्ममा इटली ल्याउन सकिने आशा राखिएको इटलीको माफिया नियन्त्रण गर्न गठित प्रहरी एकाइका उपनिर्देशक निकोला अल्टिएरोले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.