Advertisement

भक्तपुरमा मानव अधिकार हननका घटनामा वृद्धि

0 531

Advertisement

१८ पुस, भक्तपुर। भक्तपुरमा सन् २०२१ मा मानव अधिकार हननका घटनामा वृद्धि भएको देखिएको छ । सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाको अध्ययन गर्दा सन् २०२० को तुलनामा मानव अधिकार हननका घटना बढेका देखिएको हो ।

गत वर्ष हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायत ३६६ मानव अधिकार हनन एवं ज्यादतीका घटना भएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को जिल्ला शाखाले सङ्कलन गरेको तथ्याङ्कानुसार गत वर्ष सात जनाको हत्या भएको र छ जनाको हत्या प्रयास भएको थियो ।

त्यसैगरी बालिका १९ र महिला २४ गरी ४३ जनामाथि बलात्कार भएको र आठ जना बलात्कार प्रयासबाट पीडित भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै बाल यौन दुव्र्यवहारबाट १०, बहुविवाहबाट ११ महिला पीडित भएका थिए भने मानव बेचबिखनबाट छ, घरेलु हिंसाबाट पाँच, आत्महत्या दुरुत्साहनमा तीन जना पीडित भएका थिए । गत वर्ष ५८ जनाले आत्महत्या गरेका थिए ।

भक्तपुर सानो जिल्ला भए पनि यो तथ्याङ्कलाई हेर्दा यहाँ बलात्कार, बलात्कार प्रयास, हत्या र आत्महत्या डरलाग्दोरूपमा बढेको जानकारी दिँदै उहाँले बलात्कार रोक्न, आत्महत्या रोक्न सुरक्षा निकाय र स्थानीय तहले वडावडामा सचेतना कार्यक्रम गर्नुपर्ने, मनोपरामर्शको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । सन् २०२० मा आठको हत्या भएको, ३२ बलात्कारका घटना भएका र घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए ।

यसबारे जानकारी लिँदा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशतले हिंसा बढेको बताउँदै घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको जानकारी दिनुभयो । बहुविवाह र बालविवाहका कारण उनीहरुबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेका र आफ्नो पहिचान पाउन नसकेको बताउँदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले पछिल्लो समय हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना बढेको जानकारी दिनुभयो । कुनै पनि अपराधको मुख्य कारण आर्थिक पक्षसँग जोडिएर आउने गरेको भन्दै उहाँले मादक पदार्थ तथा लागुपदार्थको बिक्रीवितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने भएकाले अपराध न्यूनीकरणका लागि समाज जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.