Advertisement

हुम्लाका भारी हिमपात : जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

0 343

Advertisement

१४ पुस, काठमाडौं । हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । चिसोसँग बढेसँगै भारी हिमपात हुँदा हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको हो ।

हुम्ला सदरमुकाम सिमकोटमा एकफिट भन्दा बढि हिउँ जमेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले यस्तै उत्तरी भेग नाम्खा गाउँपालिकातर्फ तीनफिटभन्दा बढि हिउँ जमेको जानकारी दिए ।

‘‘नाम्खा गाउँपालिकाको न्यालु, नारा र यारी लेकमा तीनफिटभन्दा बढि हिउँ जमेको छ । आवतजावत गर्न सकिने अवस्था छैन् । सिमकोट विमानस्थलमा रोकिएका विमानको केही भाग पनि हिउँले छोपिएको छ,” प्रजिअ आचार्यले भने ।

अहिले हुम्लाको तापक्रम माइनस ५ डिग्रीदेखि ८ डिग्रीसम्म पुगेको जनाइएको छ । यस्तै जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लाहरुमा पनि भारी हिमपात भएको छ ।

यस्तै समयमै हिमपात हुँदा किसानहरुले समयमै बाली लगाउन पाउने सर्केगाड गाउँपालिकाका १ का वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।
‘‘हिउँदे जेठासी बाली गहुँ, जौँ, उवा रोप्ने समय भएको बेलामा हिमपात भयो । अब हिमपात रोकिएर हिउँ पग्लने वित्तिकै यहाँका किसानलाई हिउँदे बाली लगाउने चटारो सुरु हुन्छ । समयमै हिमपात हुँदा हिउँदे बालीको उत्पादन बढ्छ्,” उनले भने ।

समयमै हिमपात हुँदा स्याउको उत्पादन बढ्ने र बेर्ना सार्ने समय हुने वडाध्यक्ष बुढाले बताए । खोलानालाहरुमा बरफ जम्न थालेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`




मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.