Advertisement

टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया प्रभावकारी

0 333

Advertisement

१३ पुष, काठमाडौँ । नेपालमा मस्तिष्काघात (स्ट्रोक)को शल्यक्रिया गर्दा टाउको खोलेरमात्र हुने गरेकोमा अब टाउको नखोली गर्ने प्रविधि प्रभावकारी देखिएको छ । टाउको खोलेर शल्यक्रिया गर्दा ५० देखि ६० प्रतिशतसम्म मात्र सफलता हुने गरेकोमा टाउको नखोली न्युरोसम्बन्धी शल्यक्रिया गर्दा ९७ प्रतिशत सफलता मिल्ने बताइएको छ ।

टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया गर्दा बिरामी मस्तिष्काघात भएको सात घण्टामा अस्पताल पु-याइसक्नुपर्छ । समयमै अस्पताल पु-याउन सकेको अवस्थामा बिरामी सकुशल डिस्चार्ज गर्न सकिन्छ । तर, समयभन्दा पछि अस्पताल लगेमा टाउको नखोली गरिने शल्यक्रिया फलदायी नहुन सक्छ । टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया गर्ने प्रविधिलाई न्युरो इन्टरभेन्सन प्रविधि भनिन्छ ।

नेपालमा न्युरो इन्टरभेन्सनका एकमात्र शल्य चिकित्सक डा. सुवास फुँयालले नेपालमा न्युरो इन्टरभेन्सन प्रविधि सफलतामा गएको बताउनुभयो । नयाँ आएको उक्त प्रविधि ९७ प्रतिशतसम्म सफलता मिल्ने भन्दै उहाँले टाउको खोलेर गरिने मस्तिष्काघातको शल्यक्रियामा बिरामीलाई पहिलेकै अवस्थामा ल्याउन सक्ने अवस्था ५०/५० मात्र रहेको बताउनुभयो ।

डा. फुँयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्समा उक्त प्रविधिबाट आफूले तीन सयभन्दा बढीको शल्यक्रिया गरेको जानकारी दिनुभयो । उहाँले हालसम्म आफूले शल्यक्रिया गरेकामध्ये तीन जनालाई मात्र बचाउन नसकेको भन्दै अरू व्यक्ति पूर्ण ठीक भएर डिस्चार्ज भएको बताउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.