Advertisement

माओवादी महाधिवेशनमा द्वन्द्वकाल सम्झाउँदै उपेन्द्र यादवले भने– बेपत्ता पारिएकाका परिवारले न्याय पाऊन्

0 314

Advertisement

११ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शसस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारले न्याय पाउनुपर्ने बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन्।

कुनै समय आफू पनि माओवादी युद्धमा संलग्न भएको कुरा स्मरण गराउँदै वेपत्ता पारिएका व्यक्तिका परिवारले अहिले पनि न्याय नपाएको कुरा उठाए। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगले काम गर्न नसकेकोप्रति लक्षित गर्दै यादवले न्याय दिने कुरा अहिले पनि अलमलमै रहेको बताए ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग अलपत्र छ। जनयुद्ध ताका बेपत्ता पारिएका परिवारले न्याय अहिलेसम्म पनि पाएका छैनन्। उनीहरुले न्याय पाऊन्,’ उनले भने।

यादवले प्रचण्डको कुशल कमान्डरसिपमा माओवादी केन्द्र अघि बढोस् र नयाँ गति लेओस् भनेर समेत सुभकामना दिए।

‘माओवादी जनयुद्ध र मधेस विद्रोह नभएको भए यो मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन,’ यादवले भने। यादवले विगतमा भएका कमी कमजोरी र गल्ती सच्चाएर जानुपर्ने बताए। ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा नै रुमल्लिएर अहिले मुलुक बस्ने थियो,’ उनले भने।

संविधानलाई बत्ती बालेर दिपावली गर्नेको मात्रै नभइ ‘ब्ल्याक आउट’ गर्नेहरुको पनि बनाउनका लागि रुपान्तरण गर्नुपर्ने उनको भनाइ छ। उनले संविधान संशोधन र परिमार्जन अति आवश्यक काम भएको भन्दै सहमति कायम गरेर अघि बढाउनुपर्ने बताए।

‘हुत त अहिले संसद् अवरुद्ध छ। अवरुद्ध गर्ने कमरेड पनि यहीँ हुनुहुन्छ,’ उनले भने, ‘अब संसद् अवरुद्ध गरेर केही हुने वाला छैन। माधवजी पनि यहीँ हुनुहुन्छ।’

उनले सबैले हठ त्यागेर मुलुकलाई गति दिने हिसाबले अघि बढ्नुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको अन्य कुनै विकल्प हुन नसक्ने भन्दै सबैले मुलुक निर्माणतर्फ केन्द्रित हुनुपर्ने यादवको भनाइ छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.