Advertisement

१४ महिने बालकलाई अपहरण गरेर भाग्‍न लागेका युवक पक्राउ

0 249

Advertisement

१० पुस, जनकपुर। एक १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार साँझ ७ बजेदेखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखियाको आमा संगीता मुखियाको जिम्मा लगाएको छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको बताइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.