Advertisement

छ वर्षमा पनि बनेन हापुरखोलाको पुल

0 303

Advertisement

०७ पुस, दाङ । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण कार्य पूरा हुन सकेको छैन ।

समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । निर्माण कार्य शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका हुन् । विसं २०७२ मा सो पुलको निर्माण सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरवाही र पुल बन्ने स्थानमा जग्गा विवादले गर्दा पुल निमार्णको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताउनुभयो ।

उहाँका अनुसार उक्त पुल निर्माणका लागि छ वर्षअघि रु १३ करोडमा सूर्य कन्ट्रक्सन निर्माण कम्पनी सुर्खेतलाई जिम्मेवारी दिएको र सो कम्पन्नीले निर्माणको काम बीचैमै छाडेर दोस्रो कम्पनीलाई निर्माण गर्न जिम्मा दिए पनि सो कम्पनी सम्पर्कविहीन भएपछि निर्माण कार्य रोकिएको छ ।

कार्यालयबाट ठेकेदारलाई सम्र्पकगरी तत्काल दुई हप्ताभित्र काम सुरु नगरेमा कम्पनीलाई कालोसूचीमा राख्ने र सूचना प्रकाशित गर्ने चेतावनीसमेत दिएको उहाँको भनाइ छ । प्रमुख जैसवालले जग्गाधनीले मुअब्जा खोजेकाले निर्माण कार्यमा अवरोध भएको पनि बताउनुभयो । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर तथा सूचना अधिकारी अमीर सुवेदीले हालसम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका– १५ का सूर्य चौधरीले पुलको अभावमा वर्षात्का समयमा वारपार गर्न निकै कठिनाइ व्यहोर्नु परेको गुनासो गर्नुभयो ।

उक्त पुलको निर्माण सम्पन्न भएमा तुलसीपुर उपमहानगरपालिका– १४ र १५ का हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । यसअघि सडक डिभिजन कार्यालय दाङले गत आर्थिक वर्षको असार मसान्तमा काम सक्ने गरी काम अगाडि बढिरहेको बताएको थियो तर अझैसम्म उक्त पुल निमार्णको काम अलपत्र अवस्थामा नै छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.