Advertisement

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

0 629

Advertisement

०७ पुस, काठमाडाैँ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज पनि बस्दै छ। संघीय संसदको बैठकअघि सभामुखको आह्वानमा साढे ११ बजेका लागि बैठक बोलाइएको हो। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने छ।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ र दोस्रो दिन पुस ६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। यो अधिवेशन अन्तर्गत आज बस्ने तेस्रो बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।

मंगलबार बसेको कार्यव्यवस्थाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संदमा बिपक्षी दलले उठाएको विषय अदालतमा विचाराधिन रहेकोले बैठकमा प्रकृयासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न आग्रह गरेका थिए।

संसदबाट निकास ननिस्कने र अदातलतमा विचाराधीन विषयमा धेरै समय खेर जाने भएकोले जनताको सर्वोच्च जनप्रतिनिधि संस्था संसदमा जनसरोकारका विषयमा छलफल गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ।

आफ्ना कुरा राखेपछि सहभागी अन्य सदस्यहरुको कुरा सुन्ने धैर्यता राख्न विपक्षी दल आवद्ध कार्यव्यवस्थाका सदस्यहरुलाई सभामुखले आग्रहसमेत गर्दै आएका छन्।

आजको बैठकमा कार्यसूचीलाई अन्तिम रुप दिने, आगामी बैठकको मिति तयर गर्ने लगायतका विषयमा छलफल हुने छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.