साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो
०४ पुष, काठमाडाैँ । साताको पहिलो दिन अर्थात आइातबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ, तेजावी सुन ९३ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।