Advertisement

‘न्यून श्रवणशक्ति भएका व्यक्तिमाथिको विभेद अन्त्य हुनुपर्छ’

0 586

Advertisement

२५ मंसिर, बलेवा । हामीसँग सवारी चलाउने सीप छ तर सरकारले लाइसेन्स दिँदैन, दुर्घटना भए त्यही बहानामा लाइसेन्स हुनेलेभन्दा धेरै सजाय भोग्नुपर्छ, यो कस्तो खालको अन्याय हो ?” धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयका सहप्रधानाध्यापक सन्तोष पौडेलले भन्नुभयो, “हामीलाई पनि सरकारले लाइसेन्स दिलाइ दिनुपर्छ, अन्यायमा परेका छौँ ।”

बहिरा सङ्घ बागलुङको २१औँ साधारणसभामा शुक्रबार सहभागी न्यून श्रवणशक्ति भएका व्यक्तिले यस्तै गुनासाका पोका फुकाए । सरकारी रोजगारीमा दिइने कोटामा न्यून श्रवणशक्ति भएका व्यक्तिका लागि विशेष कोटाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । “भाषामै हामी कमजोर छौँ, अपाङ्गता भएकाका लागि दिइएको कोटामा हामीले अन्य अपाङ्गता भएका व्यक्तिले प्रतिस्पर्धा गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “हामीमा सीप, ज्ञानको कमजोरी छ भन्ने होइन, यो विभेदको अन्त्य हुनुपर्छ ।”

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले न्यून श्रवणशक्ति भएका व्यक्तिका लागि सीप र रोजगारीसँग जोडिएका कार्यक्रम ल्याउन स्थानीय सरकार तयार रहेको बताउनुभयो । न्यून श्रवणशक्ति भएका व्यक्तिको साङ्गठनिक कुशलता र सक्रियताको प्रशंसा गर्दै पौडेलले अधिकारको लडाईंमा साथ दिने आश्वासन दिनुभयो । हिउँदे नगरसभाबाट न्यून श्रवणशक्ति भएका व्यक्ति तथा अन्य अपाङ्गता भएका व्यक्तिको सङ्गठनका लागि आवश्यक भवनको प्रबन्ध गर्ने वातावरण बनाउने आश्वासन पनि उहाँले दिनुभयो ।

बागलुङ विशेष बाल कक्षाका प्रधानाध्यापक युक्तजङ्ग राजभण्डारीले विषेश क्षमता भएकालाई क्षमताअनुसारको सम्मान र व्यवहार चाहिने बताउनुभयो । बहिरा सङ्गठनले गरेका काम र सङ्गठित तथा असङ्गठित न्यून श्रवणशक्ति भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि सरकारले गम्भीर भएर सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भालिवाङ खोलामा पक्की पुल निर्माण

बागलुङको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सिमानामा पर्ने भालीवाङ खोलामा पक्की पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार र तमानखोलाको बोङ्गादोभान जोड्ने सडकमा पक्की पुल निर्माण भएको हो ।

एक वर्षअघि निर्माण सुरु भएको पुलको सबै काम सकिएको निर्माण कम्पनी नयाँबाटो सूर्यदय जेभीले जनाएको छ । भालीवाङ खोलामा रु चार करोड ४२ लाख खर्चेर प्रदेश सरकारको पूर्वाधार मन्त्रालयले पुल तयार गरेको हो । पुलको अभावमा वर्षात्मा अवरुद्ध हुने सडक अब बाह्रै महिना सञ्चालन हुने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

एघार किलोमिटर सडकखण्डमा पर्ने भालीवाङ खोलामा पुल नहुँदा तमानखोलाका स्थानीयवासी सास्ती खेप्दै आएका थिए । पुल निर्माणसँगै तमानखोलाको विकास र समृद्धिमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । एक वर्षभित्रै निर्माण सम्पन्न गरिएको पुलबाट यातायातका साधन आवतजावतसमेत सञ्चालन भइसकेको निर्माण कार्यमा संग्लन साइड इञ्चार्ज बलराम पौडेलले बताउनुभयो । पुल निर्माण भएसँगै सडकको दूरीसमेत छोटो भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पु¥याएको यो सडकको स्तरोन्नति गरेको थियो । सडक फराकिलो भएपनि वर्षायाममा सवारी बन्द हुने गरेका कारण यहाँका नागरिक सास्ती खेप्ने गरेका थिए । पुलको औपचारिक उद्घाटन नभए पनि सवारी आवतजावतमा भने सहज भएको छ । पुल निर्माणसँगै बुर्तिबाङ–बोङ्गादोभान यात्रा २० मिनेटमा छोटिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.