Advertisement

मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा

0 495

Advertisement

२१ मंसिर, एजेन्सी । मालीमा गत शुक्रबार भएको आतङ्ककारीको हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गरेको छ । मालीको मध्य भागमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा भएको आतङ्ककारी आक्रमणमा परी महिला र बालबालिकासहित ३० जना भन्दा बढीको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका थिए ।

सुरक्षा परिषद्द्धारा जारी प्रेस विज्ञप्तिमा सदस्यहरुले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् र पीडित परिवार र मालीको संक्रमणकालीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । परिषद्का सदस्यहरूले आतङ्ककारी हमलाका दोषी, आयोजक, फाइनान्सर र प्रायोजकहरुलाई न्यायको कठघरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् । सबै राज्यहरुलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत आफ्नो दायित्वहरु बमोजिम काम गर्न आग्रह गरेको छ ।

उनीहरूले सबै प्रकारका आतङ्कवादलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतराहरूमध्ये एक हो भन्ने कुरालाई पुनः पुष्टि गरेका छन् । सबै राज्यहरुले अन्तर्राष्ट्रिय रुपमा हुने खतराहरू विरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिए । मालीको सङ्क्रमणकालीन सरकारले शनिबार जारी गरेको विज्ञप्तिअनुसार अज्ञात सशस्त्र डाकूहरूको समूहले मध्य मालीको सोंगो गाउँनजिकै मानिसहरू बोकेको ट्रकमा आक्रमण गरी आगजनी गरेका थिए ।

मालीका अन्तरिम राष्ट्रपति असिमी गोइटाले आक्रमणमा मारिएकाहरुको सम्झनामा आइतबारदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । त्यस स्थानमा केही समयअघिदेखि नै आतङ्ककारीले हिंसात्मक क्रियाकलाप गर्दै आएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.