Advertisement

साउदी अरेरिबायाको सैन्य कारबाहीमा तीनको मृत्यु, कैयौँ घाइने

0 235

Advertisement

१६ मंसिर, एजेन्सी । साउदी अरेबियाको सेनाको नेतृत्वमा बुधबार भएको एक कारबाहीमा परी यमनमा कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।सो कारबाहीमा परी अरु २० जना घाइते भएका छन् ।

यमनको उत्तरपश्चिमी प्रान्त सादामा सो कारबाही भएको थियो ।उक्त कारबाहीका क्रममा हुथी विद्रोहीहरु मारिएका बताइएको छ । सो कुराको हुथीहरुले पनि पुष्टि गरेका छन् ।

साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ । उता केही दिन यतादेखि यमनको मारिब शहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ ।यमनको मारिब सहरमा केही दिनयतादेखि निरन्तर रुपमा हवाई कारबाही जारी राखेको यमनका अधिकारीहरुले जनाएका छन् ।

मारिब शहर यहाँका हुथी विद्रोहीहरुको कब्जामा रहेको बताइन्छ । त्यसैले साउदी नेतृत्वको साउदी र यमनी सेनाले यहाँ आक्रमण गर्ने गर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.