Advertisement

बहुविवाह मुद्दामा फरार महिला पक्राउ

0 547

Advertisement

११ मंसिर, कर्णाली । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका–१०को ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतको आदेशले रु एक हजारसहित एक वर्ष छ महिना कैद सजाय सुनाएपछि उनी फरार थिइन् । पक्राउ परेकी सारुलाई शुक्रबार नै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.