Advertisement

छ महिनादेखि ‘जियोफिजिकल सर्वे’ प्रतिवेदन कुर्दै विभाग

0 248

Advertisement

२९ कात्तिक, काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको नौ महिना भयो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत फागुनमा गरिएको सर्वेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो ।

बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमाली, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नम्बर वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्वे गरेको थियो । सर्वेमा संलग्न विभागका पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ । “डाटा विश्लेषण गर्दा सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ, बेलायतबाट सर्वेको विस्तृत प्रतिवेदन आउनेछ”, पाठकले भन्नुभयो ।

सर्वेको तीन महिनापछि विस्तृत प्रतिवेदन आउने जनाइए पनि हालसम्म नआएको विभागले जनाएको छ । “हामी पनि बेलायती विज्ञ टोलीबाट प्रतिवेदनको पर्खाइमा छौँ, सायद कोरोनाका कारण ढिलो भएको हुनसक्छ, हामी फलोअप गर्दैछौँ”, विभागका पुरातत्व अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले भन्नुभयो । उहाँका अनुसार प्रतिवेदन आउने भनिएको समयको पनि छ महिना बितिसकेको छ ।

कुँवरले पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्वे गरिएको बताउनुभयो ।

उहाँका अनुसार सर्वे गरिएको कुनैपनि स्थानको हालसम्म रिपोर्ट आएको छैन । उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्वे गरेको थियो । कुँवरका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ । उहाँले भन्नुभयो,“पाँचखाललाई प्राथमिकतामा राखेका छौँ ।”

पाँचखालमा बेलायती सर्वे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्वे गरिएको थियो । यसअघि विभागले युनेस्कोलाईसमेत गत असारमा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो ।

पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्वे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो । सर्वे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउछ ।

विभागका निर्देशक दामोदर गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो । टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्वेको काम सकेको थियो ।

काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गरेको जनाइएको छ ।

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टी गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ ।

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँट्टा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँट्टाको गारोभित्र माटाको डुँडद्वारा पानीको पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाइ ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।

नगरप्रमुख महेश खरेलले सम्पदा संरक्षणमा प्रयास भइरहेको बताउँदै सर्वेको विस्तृत प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणमा ‘माष्टरप्लान’ बनाउने बताउनुभयो । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.