Advertisement

अधिवक्ता रेग्मीको रिट प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा पठाए

0 409

Advertisement

१७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश विना संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्न सक्ने वा नसक्नेसम्बन्धी विवाद संवैधानिक इजलासमा नै पठाएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रशासनिक टिप्पणी उठाइ संयुक्त इजलासमा रहेको अधिवक्ता डा. गणेश रेग्मीले दिएको उक्त रिटलाई संवैधानिक इजलासमा पठाएका सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भनी अधिवक्ता रेग्मीले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको इजलासले उक्त रिटको अन्तिम किनारा नलागेसम्म प्रधानन्यायाधीशविना संवैधानिक इजलास नबस्न अन्तरिम आदेश दिएको थियो । सो आदेशका कारण न्यायाधीश फुयाल आलोचित भएका थिए ।

अधिवक्ता दीपकविक्रम मिश्रले अधिवक्ता रेग्मीको सो रिट संवैधानिक इजलासमा पठाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सो निवेदनलाई प्रधानन्यायाधीश जबराले प्रशासनिक टिप्पणीमार्फत संवैधानिक इजलासमा पठाएका हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.