Advertisement

साहस उर्जा कम्पनीको आइपीओ सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा

0 158

Advertisement

१० कात्तिक, काठमाडौं । साहस उर्जा कम्पनीको आइपीओ शेयरधनीको डिम्याट खातामा देखिएको छ । बुधवारदेखि शेयरधनीको डिम्याट खातामा एसएएचएएसको सिम्बोलबाट देखिएको हो । कम्पनीको शेयर सुचिकृत प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गते देखि १० गते सम्म ७० करोड रुपैयाँ बरावरको ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । 

निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारण को लागि निष्कासन गरेको थियो । उक्त आइपीओको बाँडफाँट असोज १७ गते भएको हो ।

सो आइपीओ ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन । कम्पनीले निष्कासन गरेको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । कुल आवेदन मध्ये ११ हजार ९९६ जना आवेदकको आवेदन रद्ध भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि ओपन रेञ्ज १३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ पाउने देखिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.