सुनचाँदी दुवैको मूल्य घट्यो
१० कार्तिक, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी सुन ९२ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, मंगलबार सुन प्रतितोला २०० रुपैयाँले बढेर कारोबार भएको थियो भने चाँदीको मूल्य स्थीर रहेको थियो ।