Advertisement

प्रहरी, सशस्त्र र अनुसन्धानमा अब बोलचालीमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने

0 334

Advertisement

 ०५ कार्तिक, काठमाडाैँ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नु पर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन दिनु भएको हो ।

मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी हुनुहुन्थ्यो ।

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिनुभयो ।

‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन भएको छ,’ उहाँले भन्नुभयो, ‘अब संगठनमा कसैले कसैलाई ‘त’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शव्द प्रयोग गर्नुपर्छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् ।

अब सम्मानसहितको सेवा सञ्चालन गर्नु पर्ने निर्देशन गृहमन्त्री खाणले दिनु भएको हो । संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नु पर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शव्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो । अब संगठनमा कसैले कसैलाई ‘त’ भन्ने छैनन्



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.