Advertisement

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल

0 300

Advertisement

१४ भदाै, काठमाडाैँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा पाँच दलका नेताहरुको सहभागीता रहेको छ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, गठबन्धनका दलहरुले पाउने मन्त्रालयल लगायतका विषयमा टुंगो लगाउनेबारे छलफल भइरहेको स्रोतको भनाइ छ।गठबन्धनमा नेपाली कांग्रेस, नकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन्।

जारी बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरुको सहभागीता रहेको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ।नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सरकार विस्तारबारे गठबन्धनमा छलफल सुरु भएको हो।

यसअघि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको भएपनि नहुने भएको छ। यसअघि आइतबार सम्पन्न शीर्षनेताको बैठकले आज सरकारलाई पूर्णता दिने निर्णय गरेका थिए। आजै टुंग्याउने तयारी गरिए पनि गठबन्धनका दलबीच कतिपय विषयमा छलफल गर्नुपर्ने भएकाले सम्भव नभएको जनाइएको छ।

मंगलबारसम्म आन्तरिक तयारी सकेर बुधबार सरकारलाई पूर्णत दिने आफू निकट नेतासँगको भेटमा प्रभानमन्त्री शेरबहादुर देउवाले बताएको एक नेताले जानकारी दिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.