Advertisement

आठ महिनापछि बल्ल सुनुवाइको पालो

0 918

Advertisement

११ भदाै, काठमाडाैँ । तत्कालीन ओली सरकारले गत मंसिरमा ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

निवेदन दर्ता भएको करिव आधा दर्जन निवेदनहरु सुनुवाइका लागि पालोमा परेका हुन् । अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदन तेस्रो क्रममा छ ।

कानून व्यवसायीहरुले दर्ता गरेका निवेदनहरु तीन प्रकारका छन् । एकथरी निवेदनमा ओली सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेजीको माग गरेका छन् । उनीहरुले अध्यादेश अनुसार नियुक्त भएका संवैधानिक पदाधिकारीहरुको नियुक्ति पनि बदर हुनुपर्ने माग गरेका छन् ।

अर्कोथरी निवेदनमा संसदीय सुनुवाइबाट कुनै नाम अनुमोदन नभए पनि नियुक्ति गर्न बाधा नपर्ने भन्ने प्रतिनिधिसभा नियमावली खारेजको माग छ ।

समृत खरेल लगायतले दर्ता गरेको निवेदनमा प्रतिनिधीसभा नियमावलीको उक्त व्यवस्था संविधानसँग बाझिएकाले बदर हुनुपर्ने माग छ । संविधानमा संसदीय सुनुवाइपछि मात्रै संवैधानिक पदाधिकारीको नियुक्ति हुने भन्ने व्यवस्था छ । अध्यादेश र नियमावली खारेजका विषय संवैधानिक इजलासले नै हेर्नुपर्ने हुन्छ ।

सभामुख अग्नि सापकोटाले दर्ता गरेको निवेदनमा भने संवैधानिक परिषदको बैठकमा उपस्थित हुने आफ्नो हक हनन भएको र आफूलाई थाहै नदिई संवैधानिक पदाधिकारी सिफारिस गरिएको भन्दै नियुक्ति बदरको माग गरेका छन् । उनको निवेदन शुक्रबारको इजलासमा परेको छैन, तर त्यस्तै प्रकृतिका अरु निवेदन संवैधानिक इजलासमा छन् ।

शुक्रबारको सुनुवाइ किन पनि महत्वपूर्ण छ भने इजलासमा बस्ने न्यायाधीशहरु र कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको भूमिकामाथि प्रश्न उठाउने सम्भावना छ । आफैं निर्णयमा संलग्न भएको अध्यादेशका विषयमा संविधानसम्मत रहेको भनी आफैंले लिखित जवाफ लेखिसकेकाले उनको उपस्थिति प्रकृतिक न्यायको सिद्धान्त विपरित हुने भनी प्रश्न उठिरहेको छ ।

उनले त्यो माग स्वीकार गरेमा शुक्रबारको संवैधानिक इजलास बस्न सक्दैन र उनी विदामा बसेर बरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले आफ्नो नेतृत्वमा इजलास तोकेर मुद्दाको सुनुवाई गर्नुपर्छ ।

प्रधानन्यायाधीश जबराले आफू यो विवादमा मौन बस्छु, तर इजलास छाड्दिन भन्ने अडान लिएमा भने शुक्रबार सुनुवाइ हुने देखिन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.