Advertisement

तीन हजार २१८ संक्रमित थपिए, १९ जनाको मृत्यु

0 729

Advertisement

२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुना परीक्षण गर्दा तीन हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो।

८ हजार ८६६ जनाको आरटी पीसीआर र ४ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट दुई हजार २३१ र एन्टिजेनबाट ९८७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ७ लाख १२ हजार ७४० र एन्टिजेनबाट ६८ हजार ६७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, ६ लाख ६७ हजार २७० जना कोरोना संक्रमणमुक्त भएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.