Advertisement

मेस्सीले छाडे बार्सिलोना

0 546

Advertisement

२२ साउन, एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बार्सिलोना नबस्ने पक्का भएको छ । बार्सिलोनाले आज आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले अर्को सिजन नखेल्ने जनाएको हो ।

क्लबको विज्ञप्ति अनुसार बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन सफल हुन सकेन । ला लिगाको नयाँ नियम अनुसार मेस्सी र क्लबबीच सहमति भएको तलब र सम्झौता मान्य नरहेको बुझिएको छ । क्लब र खेलाडी दुवै राजी भएपनि अनुबन्धन भने हुन सकेन ।

लामो समयको कसरत पछि दुई पक्षबीच सहमति बनेको थियो । तर बार्सिलोनामा अन्य खेलाडीले तलब घटाउन नमान्नु र ट्रान्सफर बजारमा अपेक्षित निर्णय हुन नसक्दा मेस्सीले क्लब छोड्नुपर्ने स्थिति आएको हो । कोरोना महामारीले आर्थिक रुपमा कमजोर रहेको बार्सिलोनालाई नयाँ नियमले थप समस्यामा पारेको हो ।

मेस्सीले क्लबलाई सहज होस् भनेर नै साविकबाट पनि कम तलब लिएर नयाँ सम्झौता गरेका थिए ‌। तर लिगले उक्त सम्झौतालाई पनि मान्यता दिने अवस्था रहेन ‌‌। ३४ वर्षीय फरवार्ड अब कहाँ जान्छन् भन्ने कौतुहलता बढेको छ ।

मेस्सी कोपा अमेरिका जितेपछि छुट्टि सकेर विहीबार बार्सिलोना पुगेका थिए । बार्सिलोनाले उनीसँग विस्तृत सम्झौता गर्ने योजना भएपनि लिगको नियमले त्यो सफल हुन दिएन । क्लबले मेस्सीको व्यक्तिगत र व्यावसायिक सफलताको कामना गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.