Advertisement

शाओमी फर्च्यून ग्लोबल ५०० मा ३३८ औं स्थानमा उक्लियो

0 802

Advertisement

२० श्रावण, काठमाडौं । शाओमी सन् २०२१ को र्यांकिगमा ३३८ औँ स्थानमा उक्लिदै लगातार तेस्रो बर्ष फर्च्यून ग्लोबल ५००को सूचीमा परेको छ । यसले २०२० मा ४२२ औं स्थानको तुलनामा ८४ स्थानको महत्वपूर्ण अग्रता हासिल गरेको छ ।

यसको २०२१ को र्यांकिगले यसलाई इन्टरनेट र रिटेल श्रेणी मा सबैभन्दा छिटो बृद्धि गर्ने कम्पनीको रुपमा स्थापित गरिएको छ र यस वर्षको फर्च्यून ग्लोबल ५०० को सूचीमा सामेल गरेको छ ।

शाओमीका संस्थापक, अध्यक्ष र सीईओ लेई जूनले भने, “हाम्रा विगतका उपलब्धिहरुको तुलनामा, म धेरै हाम्रो सम्भावित बृद्धिमा धेरै केन्द्रित रहेको छु । शाओमी अझै पनी प्रेरणाको पूर्ण रुप बोकेको एक युवा महत्वाकांक्षी कम्पनी हो । म विश्वभरि हाम्रा शाओमीका प्रशंसकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु किनकि तपाइँहरुको अटल समर्थनले हाम्रो शाओमीलाई यति जीवन्त र ऊर्जावान बनाउन मद्दत गरेको छ । मलाई लाग्छ कि शाओमीको लागी कुनै पनि सीमा छैन र म विश्वस्त छु कि मानिसहरुले भविष्यमा अझ एक बलियो, अधिक शक्तिशाली शाओमी देख्नेछन्, र हामीले अर्को वर्ष फर्च्यून ग्लोबल ५०० सूची मा धेरै उत्कृष्ट रेकर्ड हासिल गर्नेछौँ । ”

शाओमीको आय रिपोर्ट अनुसार, शाओमीको कुल राजस्व सन् २०२० मा आरएमबी २४५.९ बिलियन थियो, जसले शाओमीलाई २०२१ को फच्र्यून ग्लोबल ५००को सूची मा ३३८ औं स्थानमा उकाल्यो । २०२१ मा, शाओमी छिटो बृद्धिको एक बलियो गतिमा रहेको छ। यसले बजारको अपेक्षाहरुलाई पार गर्दै रेभेन्यू र नेट प्रोफिटको मामिलामा विस्फोटक वृद्धि गरेको छ ।

२०२१ को पहिलो त्रैमासिकमा, शाओमीको अवधिको लागी कुल राजस्व आरएमबी ७६.९ बिलियन थियो जसले वर्ष–प्रति वर्ष ५४.७% को बृद्धि को प्रतिनिधित्व गर्यो भने अवधिको लागि समायोजित नेट प्रोफिट आरएमबी ६.१ बिलियनको थियो, जुन वर्ष प्रति वर्ष १६३.८ % को वृद्धि थियो ।

हाई–एण्ड स्मार्टफोनको बजारमा शाओमीको एभर एक्सपान्डिंग फुटहोल्ड एवम् अन्तर्राष्ट्रिय बजारमा छिटो बृद्धि, र कम्पनीको नयाँ खुद्रा व्यापारको विकासको लागी को लागि यो वृद्धि जिम्मेवार रहेको छ ।

शाओमीको मुख्य टेक्नोलोजीमा रहेको फोकसले यसलाई एक उन्नत प्रयोगकर्ता अनुभव बनाउनको लागी प्रेरक शक्ति प्रदान गरेको छ र यसले यसको मी १० र मी ११ सिरिजको माध्यमबाट हाई–एण्ड बजार क्षेत्रहरुमा आफ्नो पकड बलियो बनाएको छ । २०२१ को पहिलो त्रैमासिकमा, मुख्य भूमि चीनमा ३,००० आरएमबी वा माथिको र अन्तर्राष्ट्रिय बजारमा ३०० यूरो र सोभन्दा माथिको मूल्य भएको शाओमी स्मार्टफोनको विश्वव्यापी ढुवानीले ४० लाख नाघेको छ ।

शाओमीको विश्वव्यापी विस्तारले यसको समग्र बृद्धिलाई पनि प्रेरित गरेको छ । १६ जुलाईमा, शाओमीले घोषणा गर्यो कि क्यानालीसका अनुसार कम्पनीले एप्पललाई पछाडि पार्दै स्मार्टफोन शिपमेन्टको १७ प्रतिशत शेयरको साथमा विश्वव्यापी रुपमा दोस्रो स्थान हासिल गर्यो । अन्तर्राष्ट्रिय बजारमा, शाओमीले ल्याटिन अमेरिकी बजारमा ३०० प्रतिशत बर्ष–मा–बर्ष बृद्धि, अफ्रिका मा १५० प्रतिशत भन्दा बढि वृद्धि, र पश्चिमी यूरोप मा ५० प्रतिशत भन्दा बढि वृद्धि गरेको छ ।

शाओमी स्मार्टफोन विश्वको १०० भन्दा बढि बजारहरुमा प्रवेश गरिसकेको छ । कम से कम १२ बजारहरुमा स्मार्टफोको मार्केट शेयरमा यो नम्बर एक र मार्केट शेयरको मामिलामा यूरोपमा दोस्रो रैंकिंगमा यो रहेको छ । यो लगातार १५ वटा क्वार्टरको लागी भारतमा नम्बर एक स्थान मा रहन सफल भएको छ ।

नयाँ खुद्राको सन्दर्भमा, शाओमीको भौतिक स्टोरहरुमा २०२० देखि छिटो विस्तारको अनुभव गरीएको छ । मुख्य भूमि चीन मा शाओमीको स्टोरहरुको कुल संख्याले अप्रिल, २०२१ को अन्त सम्ममा ५,५०० पार गर्यो, जबकि अन्तर्राष्ट्रिय बजार मा १,००० भन्दा बढी शाओमीका स्टोरहरु छन्। शाओमीको भौतिक खुद्रा नेटवर्क विश्व भरमा छिटो विस्तार हुँदैछ ।

शाओमीले आर एन्ड डी र प्रतिभामा लगानी गर्न जारी राखेको छ, यसको आर एण्ड डी टीम को लागी नयाँ रिवार्ड स्ट्रक्चरकोे एक सिरिज सिर्जना गरिरहेको छ र शाओमी स्मार्ट फ्याकटरी प्रोजेक्टकोे दोस्रो चरणको शुरूवात हुँदै छ । लेई जूनले कम्पनीको १० औं वार्षिकोत्सवमा भने, “अर्को दशकमा शाओमीको निर्माण उद्योगमा एक नयाँ ड्राइभिंग फोर्स हुनेछ। स्मार्ट म्यानुफ्याक्चरिंग शाओमीको मुख्य प्रतिस्पर्धी लाभ मध्ये एक हुन गइरहेको छ ।”

स्मार्टफोन, एआइओटी, र स्मार्ट म्यानुफ्याक्चरिंग उद्योगको नेतृत्व गर्दा, शाओमीले पनि स्मार्ट इलेक्ट्रिक भेहिकल मार्केटमा प्रवेश गरेको छ। मार्च २०२१ मा, शाओमीले आधिकारिक रूपमा घोषणा गर्यो कि कम्पनीले स्मार्ट इलेक्ट्रिक भेहिकल व्यवसाय संचालन गर्न सीईओ लेई जूनको नेतृत्वमा पूर्ण स्वामित्वको सहायक कम्पनी स्थापना गर्नेछ, जसको कुल लगानी १० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ। लगानीको प्रारम्भिक चरण आरएमबी १० अर्बको हुनेछ । स्मार्ट इलेक्ट्रिक सवारी साधन शाओमीको लागी नयाँ वृद्धिको एक महत्वपूर्ण चालक हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.