Advertisement

काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने

1 840

Advertisement

१९ साउन, काठमाडौं ।  काठमाडौंमा साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार साउन २२ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिलाई दोस्रो मात्रा दिइनेछ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रखुख बद्रीबहादुर खड्काले काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप लगाउने कार्यक्रम संचालन हुने जानकारी दिए। दोस्रो मात्रा खोप लगाउने व्यक्तिले अनिवार्य  रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्ने उनले बताए।

आज काठमाडौं महानगरपालिकाका वडाहरुमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम संचालन नहुने बताइएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र बूढानीलकण्ठबाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम संचालन हुनेछ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालन हुनेछ।

तर, वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले  अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन पाउने समेत प्रमुख खड्काले जानकारी दिए।साउन १४ देखि १८ गते (हिजो)सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
1 Comment
  1. […] जनस्वास्थ्यका मापदण्ड पालना गरि तोकिएको खोपकेन्द्रमा गएर भेरोसेल खोपको दोस्र… […]

Leave A Reply

Your email address will not be published.