Advertisement

उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री प्रदान

0 941

Advertisement

१७ साउन, म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

बेनी अस्पताल, छ स्थानीय तह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र बालगृहलाई रु एक लाख ७० हजार मूल्य बराबरको मास्क, स्यानिटाइजर र पञ्जा सहयोग गरेको हो । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य कुवीरकुमार श्रेष्ठ, महासङ्घका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ, सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्य, पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, मानार्थ सदस्य नैनकुमार श्रेष्ठलगायत सङ्घका पदाधीकारीले सामग्री हस्तान्तरण गर्नुभएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन चिकित्सक दिवान कार्की, नेपाल बालङ्गठनका सभापति राजेश शाक्य, महासङ्घका अध्यक्ष प्रकाश पौडेललाई सामग्री हस्तान्तरण गरिएको थियो ।

सङ्घको पालिकास्तरमा रहेका इकाइमार्फत स्थानीयलाई सामग्री उपलब्ध गराइने सङ्घका महासचिव अमित बानियाँले बताउनुभयो । विसं २०२७ साउन १७ गते स्थापना भएको सङ्घले स्वर्ण वर्षका अवसरमा पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम गरेको थियो । सोही अवसरमा प्रवेशद्वारका रुपमा रहेको कालीपुल बसपार्कमा शिवको मूर्तिसहितको स्तम्भ निर्माण गरेको छ । दुई हजारभन्दा बढी सदस्य रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घ जिल्लामा निजी क्षेत्रको छाता सङ्गठनका रुपमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.