बार्सिलोनाले सहज जित
१७ साउन, एजेन्सी । प्रि-सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब स्टुटगार्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २१ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
३६ औं मिनेटमा युसुफ डेमीरले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा रिकार्ड पुइगले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।