Advertisement

सबै नागरिकलाई कोरोना विरुद्धको खोप

0 1,237

Advertisement

११ साउन, कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताउनुभएको छ । संवाद समूहले यहाँ आयोजना गरेको ‘कर्णालीमा कोरोनाको अवस्था र तयारी’ विषयक अन्तक्र्रियामा सबै नागरिकलाई खोपको व्यवस्था प्रदेश सरकारले गर्ने उहाँले जानकारी दिनुभयो ।

औषधि र जनशक्तिको अभावमा नागरिक सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्दै मन्त्री बुढाक्षेत्रीले नागरिकलाई बचाउनु नै सरकारको पहिलो कर्तव्य भएकाले आफूहरूको ध्यान यसतर्फ केन्द्रित भएको र विभिन्न नाकामा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्था पनि गरिसकेको बताउनुभयो ।

“कोरोना महामारीको तेस्रो भेरियन्टबाट बच्न आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ” उहाँको भनाइ थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.